अछाम – अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता भएका छन् । बाढीले बगाएकामध्ये ६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ स्थित रलेको लमतणा र सेरीमा भेटिएको हो । कैलास खोलामा आएको बढीले दर्नाको पक्की पुलसमेत बगेको छ भने छेउछाउका घर, पसल र खेत बगाएको छ ।
घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली घटनास्थलतर्फ लागेको डीएसपी थापाले जानकारी दिए । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकरी दिए ।




प्रतिक्रिया