ललितपुर र प्यूठानमा ३ जना कोरोना संक्रमितको मृत्यु

ललितपुर र प्यूठानमा ३ जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार ललितपुरको पाट अस्पतालमा २ जना र प्यूठानका एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुष रहेका छन् । साउन ३१ गते भर्ना भएका पुरुष अस्पतालमा उपचाररत थिए । भने महिला पनि भदौ २ गते अस्पताल भर्ना भएकी थिइन् ।

त्यस्तै प्यूठानको स्वर्गद्धारी नगरपालिका–७ का ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बुटवलस्थित कोरोना अस्पतालमा मृत्यु भएको हो ।