आन्तरिक सुरक्षा सहकार्य बढाउन कतार र पाकिस्तान सहमत

आन्तरिक सुरक्षा सहकार्य बढाउन कतार र पाकिस्तान सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तान र कतारबीच सुरक्षा सहकार्य बढाउने कुरामा सहमति भएको छ। मङ्गलबार पाकिस्तानी गृहमन्त्रालयले यसबारे जानकारी दिएको हो ।

पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वी र उनका कतारी समकक्षी शेख खलिफा बिन हमद बिन खलिफा अल थानीले आन्तरिक सुरक्षामा द्विपक्षीय सहकार्य सुदृढ गर्ने सहमति गरेका छन्।

दोहामा भएको भेटमा उनीहरूले आन्तरिक सुरक्षासम्बन्धी सहकार्य बढाउने विषयमा विस्तृत छलफल गरेका बताइएको छ।

उनीहरूले क्षेत्रीय अवस्थाका साथै शान्ति र स्थिरतासँग सम्बन्धित विषयमा पनि विचार आदानप्रदान गरेका छन्।

‘भेटमा दुवै देशका गृह मन्त्रालयबीचको द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता दोहोर्‍याइयो,’ वक्तव्यमा भनिएको छ। आन्तरिक सुरक्षामा आपसी सहकार्य र साझेदारी बलियो बनाउने निर्णय पनि भएको दुवै पक्षले जनाएका छन्।

दोहामा भएको आठौँ ग्लोबल सेक्युरिटी फोरमलाई नक्वीले सम्बोधन गरेको एक दिनपछि यो भेट भएको हो। फोरममा उनले पाकिस्तान र कतारले क्षेत्रीय शान्ति र स्थिरता प्रवर्द्धन गर्न मिलेर काम गरेको बताएका थिए।

उनले अमेरिका–इरान वार्तालाई सहज बनाउन पाकिस्तान र कतारले आयोजना गरेको स्विट्जरल्यान्डको लेक ल्युसर्न शिखर सम्मेलनको पनि स्मरण गरे।

शान्ति प्रयासमा कतारको भूमिकाको प्रशंसा गर्दै नक्वीले दुई देशको उद्देश्य ‘थप द्वन्द्व रोक्नु र निर्दोष मानिसहरूको ज्यान जोगाउनु’ रहेको बताए।

‘हाम्रो समयको कूटनीतिमा अरूले पक्ष रोज्दा कतारले संवाद जारी राख्ने बाटो रोज्यो। हामीले तपाईँहरूसँग मिलेर काम गरेकाले पाकिस्तानले यो कुरा नजिकबाट देखेको छ’, उनले भने।

नक्वीले यसअघि जुलाई २८ मा दोहामा अल थानीसँग भेट गरेका थिए। उनीहरूले त्यतिबेला सुरक्षा सहकार्य र सुरक्षा क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने उपायबारे छलफल गरेका थिए।