नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८३८ कोरोना संक्रमित, २५० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८३८ कोरोना संक्रमित, २५० जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १८ हजार २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ । त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या १२ हजार २ सय ३४ रहेको छ ।

पछिल्ले २४ घण्टामा नेपालमा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।