अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ८:१० बजेदेखि सडक सञ्चालनमा आएको हो।

इच्छाकामना गाउँपालिका–५ को ३ नम्बर पुल नजिक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन्।