स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गरः साझा पार्टी

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गरः साझा पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाण्डुसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति साझा पार्टीले आपत्ति जनाएको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीमा निरन्तर खटिईरहेका स्वास्थ्यकर्मीहरूको सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको बताएका छन् ।

‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर हो । त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ’, उनले भने, ‘त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो ।’

साझाले कोरोना भाइरसको महामारी सबै मिलेर सामना गर्नुपर्ने र चिकित्सक तथा सुरक्षाकर्मीलाई प्रोत्साहन गर्नुपर्ने बताएको छ ।

‘विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य हो । सबै नागरिकले त्यसो गरेमामात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ ।

‘देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न सर्वसाधारणलाई अपील गर्दछौं’, साझाले भनेको छ ।