वीरगञ्जमा थाइराइडबाट पीडित महिलाको कोरोनाबाट मृत्यु

वीरगञ्जमा थाइराइडबाट पीडित महिलाको कोरोनाबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका १२ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

थाइराइडबाट पीडित रहेकी महिलामा १४ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, श्वासप्रश्वासको समस्यासमेत भएपछि आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो ।

अवस्था गम्भीर बनेपछि संक्रमित महिलालाई विगत १२ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।