बारा र पर्सामा थपिए एक सय ५६ जना कोरोना संक्रमित

बारा र पर्सामा थपिए एक सय ५६ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बारा र पर्सामा पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार राती नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ११ र पर्सामा एक सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका डा. उदय नारायण सिंहले नेपाली सेना, सशस्त्र प्रहरी, चिकित्सकसहित १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमित हुनेमा तीन वर्षीय बालकदेखि ७० वर्षसम्मका रहेको सिंहले बताए । संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी, भवानी हस्पिटल, नेशनल मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेका छन् ।

योसँगै पर्सामा हालसम्म संक्रमित हुनेको संख्या एक हजार नौ सय ३५ पुगेको छ । पर्सामा कोरोनाबाट २८ जनाले ज्यान गुमाएका छन् ।