कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन होः अध्यक्ष प्रचण्ड

कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन होः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विधि र विचार भएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले विचार र विधि बिना पार्टी बन्न नसक्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको बताएका छन् ।

‘पार्टी भनेको बिचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन’, अध्यक्ष प्रचण्डले भने, ‘अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।’

शनिबार एक टेलिभजिनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अध्यक्ष प्रचण्डसँगको विवाद मिलिसकेको बताएका थिए । उनले दुई अध्यक्षबीचको विवाद मिलेकाले अब सचिवालय बैठक बसेर पार्टीभित्रका समस्या समाधानबारे प्याकेजमा छलफल गरिने बताएका थिए ।

गत असार १८ गतेको स्थायी कमिटी बैठकमा नेताहरुले प्धानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान लिएका थिए । त्यसपछि लगातार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक बस्न सकेको छैन् ।

नेकपाभित्रको विवाद समाधानका लागि दुई जना अध्यक्षले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले पाँच वर्ष ओलीले सरकार चलाउने र अध्यक्ष प्रचण्डले महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने बताएको थियो ।

कोरोना भाइरसको महामारीका कारण ठूलो जमघट गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउने सहमति अध्यक्ष प्रचण्डसँग गरेका थिए । १२ गतेका लागि बोलाइएको बैठक पुनः स्थगित भएको छ । अर्को बैठकको मिति टुंगो लाग्न बाँकी छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।