मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’

मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले दबाब, धम्की र प्रतिबन्धको नीति नत्यागेसम्म वार्ताबाट समाधान ननिस्किने बताएका छन्।

मंगलबार इरानी राष्ट्रपति पेजेस्कियान र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरबीच भएको भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्।

इरान सरकारका अनुसार पेजेस्कियानले होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधसहित क्षेत्रीय तनाव बढ्नुमा अमेरिकाको युद्ध भड्काउने नीतिको भूमिका रहेको बताएका थिए।

इरान सरकारले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको विवरणअनुसार पेजेस्कियानले कुनै पनि वार्ताअघि अमेरिकी दबाब दिने, धम्की र प्रतिबन्ध लगाउने नीति त्याग्नुपर्ने बताए

पाकिस्तानको मध्यस्थता प्रयास

अमेरिकासँग युद्धविराम भएपछि मुनीर चौथोपटक इरानको औपचारिक भ्रमणमा गएका हुन्। यसअघि सेप्टेम्बर २ मा इरान भ्रमणका क्रममा उनले राष्ट्रपति पेजेस्कियानसहित त्यहाँका उच्च राजनीतिक तथा सुरक्षा अधिकारीसँग वार्ता गरेका थिए।

यसैबीच, इरानी समाचार संस्था आईआरएनएका अनुसार पाकिस्तानका विदेशमन्त्री इशाक डारले अमेरिका र इरानबीच मध्यस्थता गर्ने प्रयास जारी राख्ने बताएका छन्।

अमेरिका र इरानबीचको तनाव कम गर्न पाकिस्तानले कूटनीतिक सम्पर्क कायम राखिरहेको सन्दर्भमा मुनीरको तेहरान भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ ।