काठमाण्डु – बहराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन अनुमति पाएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
बहराइनका ३३ वर्षीय राजकुमार शेख नसिर बिन हमाद अल खालिफा सेप्टेम्बर १५, २०२० पछि १५ जना बहराइनी र ३ जना ब्रिटिस नागरिक गरी १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आउने छन् ।




प्रतिक्रिया