काठमाण्डु उपत्यकामा एक हप्ता लकडाउन थप्ने तयारी

काठमाण्डु उपत्यकामा एक हप्ता लकडाउन थप्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पुनः एक हप्ता लकडाउन थप्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले पुनः एक हप्ता लकडाउन थपेर आवश्यक तयारी गर्ने स्रोतले जानकारी दियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बुधबार बस्ने बैठकले लकडाउनबारे निर्णय गर्ने जानकारी दिए । उनले कोरोना संक्रमित बढिरहेको अहिलेको अन्य विकल्प नभएकाले लकडाउन थप्न सकिने संकेत गरेका छन् ।

‘सीसीएमसीको बैठक बुधबार बस्दैछ । उक्त बैठकले छलफल गरेर लकडाउन थप्ने/नथप्नेबारे निर्णय गर्छ’, सिडिओ भट्टले काठमाण्डुपाटीसँग कुरा गर्दै भने ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउनले आर्थिक क्षेत्र ठप्प रहेकाले केही खुकुलो बनाउनुपर्ने आवाज उठे पनि संक्रमणको अवस्था हेर्दा उक्त सम्भावना नरहेको बताए ।

‘लामो समयदेखिको लकडाउनले आर्थिक क्षेत्र ठप्प छ केही खुकुलो बनाउनुपर्छ भनेर माग भइरहेको छ । यस विषयमा गृह मन्त्रालय पछि छलफलमा नै छ’, काठमाण्डुपाटीसाग कुरा गर्दै प्रवक्ता बुढाले भने, ‘खुकुलो पार्दा संक्रमणको जोखिम बढ्ने भएकाले हामी आवश्यकता सर्तकतासहित काम गर्नुपर्ने हुन्छ ।’

गत भदौ २ गतेदेखि लगाइएको लकडाउन अझै जारी छ । कोरोना संक्रमितको संख्या बढिरहेकाले थप कडाइका साथ लकडाउन लगाइएको हो । दोस्रो चरणको बुधबार राति १२ बजेदेखि सकिँदैछ ।

बुधबार काठमाण्डु, भक्तपुर, ललितपुरका सिडिओ र सुरक्षा निकायका प्रमुख, स्वास्थ्यविज्ञसहिहतको बैठकले लकडाउनबारे थप निर्णय गर्नेछ ।

अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने बन्द गरिएको छ । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा सवारीलाई भने संचालनको अनुमति दिइएको छ ।