कोरोनाबाट चितवन र सप्तरीमा तीन जनाको मृत्यु

कोरोनाबाट चितवन र सप्तरीमा तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार सप्तरी र चितवनको भरतपुरमा थप तीन जना संक्रमितको मृत्यु भएको हो ।

चितवनको राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

मिर्गौला रोगी, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी भदौ १४ गते अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

त्यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतकहरु सप्तरीको राजविराज– ७ का ५० र ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । दुवै जना संक्रमित मधुमेहका रोगी थिए ।