थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।

स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्व बोकेको कुमारी दर्शन गराउने परम्परा ६२ वर्षपछि आज सुरु भएको हो । 

मध्यपुरथिमि चपाचोकी ४ वर्षीया आयुषी बज्राचार्यलाई यसवर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । उनलाई आज आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणले दर्शन एवं कुमारीको हातबाट टीका ग्रहण गरेका थिए ।

संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार मध्यपुरथिमिमा ६२ वर्षअघि जीवित देवी कुमारीलाई पुज्ने परम्परा रहेको तर आर्थिक कारणले रोकिँदै आएको अवस्थामा धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका स्थानीय अगुवाहरूको पहलमा यसले निरन्तराता पाएको हो ।

राजा राय मल्लले नेपाल संवत् ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोस्रो रूपमा पुज्ने गरेको इनिहास रहेको बताउँदै उनले अबदेखि यस परम्पराले निरन्तराता पाउने विश्वास व्यक्त गरे ।

नाइके श्यामकाजीले भने, ‘मध्यपुरथिमिमा करिब ६०/६२ वर्षपछि आज जीवित देदी कुमारी पुज्ने, दर्शन गर्ने र टीका लगाउने परम्परा पुन: सुरु भएको छ, आज नयाँ नियुक्त कुमारीका पिता सुरेश बज्राचार्यले बोकेर कुमारीलाई मेरो घरमा ल्याउनुभयो, मैले कुमारीको हातको टीका ग्रहण गरेर दक्षिणा र सुगन दिएपछि बालकुमारी परिक्रमा गराई लायकू दरबारमा दिनभर राख्यौँ । त्यहाँ आई स्थानीयले कुमारीको हातबाट टीका ग्रहण गरे । अब यसरी यो परम्परा जारी रहन्छ ।’