कोरोना संक्रमणबाट बुटवलमा ७८ वर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा ७८ वर्षीय पुरुषको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बुटवलको कोरोना विशेष अस्पतालमा एक जना ७८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भदौ ४ गते अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका वडा नं. ८ का ती पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले मृतक पुरुष मधुमेह र उच्च रक्तचापले पीडित रहेको जानकारी दिए ।