मनमोहन शिक्षण अस्पतालमा ग्याङ फाइट, इमर्जेन्सीका डाक्टर र नर्स कुटिए

मनमोहन शिक्षण अस्पतालमा ग्याङ फाइट, इमर्जेन्सीका डाक्टर र नर्स कुटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनमोहन मेमोरिय मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दुई समूहबीच झडप भएको छ । स्वयम्भुमा रहेको उक्त अस्पतालमा करिब २०÷३० जनाको अज्ञात समूहको झडपबाट इमर्जेन्सी कक्षमा क्षति पुगेको छ ।

झडपमा इमर्जेन्सीमा कार्यरत डाक्टर, नर्स र सुरक्षा गार्ड कुटिएका छन् । दुई समूहबीचको झडपले इसिजी मेशिन, ड्रेसिङ ड्रम, बस्ने टुल, एम्ब ब्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड भएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले उक्त कार्य गर्नेलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । अस्पतालले उक्त घटनापछि नयाँ बिरामीलाई सेवा दिन नसक्ने बताएको छ ।