कोरोनाबाट मृत्यु भएकाको गोप्य अंग झिक्ने भन्दै अन्तर्वार्ता दिने पक्राउ

कोरोनाबाट मृत्यु भएकाको गोप्य अंग झिक्ने भन्दै अन्तर्वार्ता दिने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको अंग झिक्ने भन्दै विभिन्न युट्युव च्यानलहरुमा अन्तार्वार्ता दिने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको एसएसपी दीपक थापाले जानकारी दिए । उनले आफूलाई चिकित्सक बताए पनि आयुर्वेद क्लिनिकमा काम गर्ने गरेको खुलेको छ ।

‘अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी छ । उनलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएको रहेछ’, काठमाण्डुपाटीसँग कुरा गर्दै एसएसपी थापाले भने , ‘जनमानसमा झुटो भ्रम फैलाएको कसूरमा त्यही अनुसार कारबाही हुन्छ ।’

उनले विभिन्न युट्युव च्यानलहरुमा कोरोनाको औषधि पत्ता लगाएको, कोरोनाबाट मृत्यु भएकाहरुको गोप्य रुपमा अंग झिक्ने गरेको बताएका थिए ।