पछिल्लो २४ घण्टामा थपिए १ हजार ८१ कोरोना संक्रमित, ९१८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए १ हजार ८१ कोरोना संक्रमित, ९१८ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय १८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३३ हजार ८ सय ८२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ३७ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेहरुको संख्या ५ हजार ४ सय ८० रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय १२ पुगेको छ ।