काठमाण्डु – काठमाण्डु उपत्यकामा केही खुकुलो पार्दै पुनः एकहप्ता निषेधाज्ञा थपिएको छ । काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पुनः एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए । भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछन् ।
यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने एक प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।





प्रतिक्रिया