काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बिहीबार राती र शुक्रबार बिहान ललितपुरको पाटन अस्पताल र विराटनगरको कोशी अस्पतालमा दुई जना संक्रमिततको उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाण्डुका ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दियो । उनलाई भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोशी अस्पताल मा विराटनगर–१९ का ४४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । उनको बिहीबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।
आइतबार स्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।




प्रतिक्रिया