काठमाण्डु- बैंककबाट भारतको मुम्बई आउँदै गरेको एयर इन्डियाको विमान एक यात्रुले हंगामा गरेपछि बीच बाटोबाटै बैंकक फर्किएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको उडान नम्बर एआई २३३८ बुधबार राति ८ : २० बजे बैंककको सुवर्णभूमि विमानस्थलबाट मुम्बईका लागि उडेको थियो ।
तर, विमानमा सवार एक भारतीय यात्रुले असामान्य व्यवहार गर्दै हंगामा गरेपछि पाइलटले विमानलाई बैंकक नै फर्काउने निर्णय गरेका थिए ।
विमान राति १० : ४० बजे बैंकक विमानस्थलमा अवतरण गरेको थियो । विमानमा रहेका एक यात्रुलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएअनुसार ती भारतीय यात्रुको व्यवहार असामान्य देखिएपछि पाइलटले विमान बैंकक फर्काउन लागेको घोषणा गरेका थिए ।


प्रतिक्रिया