काठमाण्डु – सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।
यो प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुनेछ ।
प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार जनाएअनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछ्न् । यसबाट शीर्ष ४ टिम अगाडि बढेर मुख्य आईसीसी मेन्स क्रिकेट विश्वकप क्वालिफायरमा पुग्छन् ।
यस प्रतियोगिताबाट शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।
हालसम्म प्लेअफ खेल्ने ६ टोलीको टुङ्गो लागिसकेको छ । नेपालसहित क्यानडा र यूएई लिग २ को अन्तिम चारमा रहने पक्का भइसकेको छ भने च्यालेन्ज लिग बी बाट इटाली र युगान्डा पनि प्लेअफमा पुगिसकेका छन् ।
अब च्यालेन्ज लिग ए बाट जर्सी आउने पक्का भइसकेको छ भने कुवेतको पनि स्थान लगभग निश्चित छ, तर त्यहाँ अझै खेल बाँकी भएकाले आधिकारिक आउन बाँकी छ ।
लिग २ बाट पनि ओमान र नामिबियामध्ये एक टोली आउनेछन् । जसको पनि आधिकारिक टुङ्गो लाग्न बाँकी छ । यसरी ८ टोलीले प्लेअफ खेल्ने छन् ।
नेपाल लिग २ मा शीर्ष ४ मा पर्न नसकेपछि सिधै क्वालिफायरमा जान पाएको छैन । अब यो प्लेअफमा राम्रो प्रदर्शन गरेर शीर्ष ४ मा परे मुख्य क्वालिफायरमा जान सक्छ । त्यहाँबाट विश्वकपको टिकट काट्न सकिन्छ। यो प्रतियोगिता होम ग्राउन्डमा हुनु भएकाले नेपालका लागि ठूलो फाइदा हो । यसले लिग २ र च्यालेन्ज लिगबीच प्रमोसन–रेलिगेसन पनि निर्धारण गर्छ ।



प्रतिक्रिया