गण्डकीमा ५ जना सशस्त्र प्रहरीसहित ६५ जनामा संक्रमण पुष्टि

गण्डकीमा ५ जना सशस्त्र प्रहरीसहित ६५ जनामा संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशमा ६५जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँ जिल्ला, भानुका ५ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको हो । त्यस्तै दुई जना स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये मेट्रोसिटी अस्पतालका पोखरा महानगरपालिकाका ३२ बर्षीय पुरुष स्वास्थ्यकर्मी र लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत २३ बर्षीया महिला स्वास्थ्यकर्मी छन् । अन्य व्यक्तिहरुकन्ट्र्याक्ट ट्रेसिङबाट पहिचान भएका छन् ।

संक्रमितमध्ये नवलपरासी पूर्वका ३३ जना, तनहुँका ११ जना, कास्कीका १२ जना, लमजुङ ५ जना, पर्वतका दुई जना, स्याङ्जाका २ जना रहेका छन् ।