मन्त्री भट्टले ग्राहक बनेर २० केजी प्याज किनेपछि…

मन्त्री भट्टले ग्राहक बनेर २० केजी प्याज किनेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्किएका छन् । कोरोना भाइरसको कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफै बजार अनुगमनमा निस्कएका हुन् ।

अनुगमनका क्रममा मन्त्री भट्टले आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेको उनका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

‘मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो, अनि उहाँ आफै झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो’, उनले भने, ‘ग्राहक बनेर मन्त्रीले करिव २० केजी प्याज समेत किन्नुभयो । मन्त्रीलाई कसैले चिनेनन् ।’

बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्रीवितरण पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ति थोक पसललाई कारवाही गर्न निर्देशन समेत दिएको उनका स्वकीय सचिव ओझाले बताए ।

उनका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज विक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ । अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बरमूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ ।