मन्त्रिमण्डल पुर्नगठनमा सहमति नभएपछि केही मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री ओली

मन्त्रिमण्डल पुर्नगठनमा सहमति नभएपछि केही मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनगर्ठनको तयारी गरेका छन् । सरकारका कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको पुर्नगठन गर्ने तयारी गरेका हुन् । त्यसका लागी उनले पार्टीका अर्का अध्यक्ष प्रचण्डसंग छलफल गरिसकेका छन् ।

दुवै नेतावीच मन्त्रिमण्डल पुर्नगठन गर्ने विधिका विषयमा छलफल भएपनि ठोस सहमति भने वन्न सकेको छैन् । नेकपाका अध्यक्ष प्रचण्डले सवै मन्त्रिहरुलाई फेर्ने प्रस्ताव गरेपनि त्यसमा प्रधानमन्त्री सहमत नभएको नेकपा स्रोत बताउंछ । प्रधानमन्त्री ओली भने रक्षामन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबाहेक सवैलाई परिवर्तन गर्नेमा सहमत छन् । तर,त्यसमा प्रचण्डले सहमति नजनाएको बताइन्छ ।

प्रचण्डले सवै मन्त्रिहरुलाई पहिले फिर्ता बोलाउने र त्यसपछि आवश्यकताको आधारमा राख्नुपर्नेलाई फेरी मन्त्री बनाउन सकिने प्रस्ताव गरेपनि प्रधानमन्त्री त्यसमा सहमत भएका छैनन् । उनले गृहमन्त्री बादललाई उपप्रधानमन्त्री बनाएर अन्य मन्त्रालयमा लिने विकल्प समेत दिएका छन् । त्यसैगरी प्रचण्डले मन्त्रालय फुटाउने विषयमा भने असहमती जनाएका छन् ।

दुवै नेताबीच सहमती नभएपनि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तारको लागी अन्तिम तयारी गरेका छन् । उनले रिक्त मन्त्रालय र केही मन्त्रालय फुटाएर भएपनि तत्काल मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी संचालनको जिम्मेवारी प्रचण्डलाई दिएपछि सरकार संचालन आफुलाई गर्न दिनुपर्ने बताउंदै आएका छन् । उनले मन्त्री आफुले सवै पक्षलाई मिलाएर निर्णय लिने संकेत गरेको निकट स्रोतको दावी छ ।

‘प्रधानमन्त्रीले सहमतिमा निर्णयका लागी अर्का अध्यक्ष र वरिष्ठ नेताहरुसंग छलफल गर्नुभएको छ । अव केही दिनमा नै प्रधानमन्त्रीले आफुलाई सजिलो हुने गरी मन्त्रिमण्डलको पुर्नगठन गर्नुहुन्छ ।’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

प्रधानमन्त्री ओली पुर्व माओवादीको तर्फबाट सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई कुनै पनि हालतमा राख्ने अडानमा छन् । दुवै नेताले नेकपाभित्र आन्तरिक शक्ति संघर्ष चर्कंदा प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । त्यसैगरी वनमन्त्री शक्ति वस्नेत र उर्जामन्त्री वर्षमान पुनलाई समेत राख्ने पक्षमा प्रधानमन्त्री ओली छन् ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रीमण्डल पुर्नगठनमा सहमति नवनेपछि प्रधानमन्त्री ओली केही मन्त्रालय फुटाएर मन्त्री थप्ने र रिक्त अर्थ,संचार र शहरी मन्त्रालयमा मन्त्री नियुक्त गरेर अघि बढ्ने सोचमा रहेको निकट स्रोत बताउंछ ।

‘अहिले तत्काल अरु गर्दा सहमति वन्ने अवस्था छैन्, फेरी सवै मन्त्रीहरु फेरेर मात्र सरकारको काम प्रभावकारी हुन्छ भन्ने पनि होईन । नयां मन्त्रीहरुलाई बुझ्नै समय लाग्छ । त्यसैले अहिले तत्काललाई केही थप्ने काम मात्र हुन्छ होला । ’ प्रधानमन्त्री निकट एक नेताले भने ।

दुवै अध्यक्षबीच मन्त्रीमण्डल पुर्नगठन गर्ने विषयमा पटक पटक छलफल भएपनि कति मन्त्री हटाउने र कसलाई मन्त्री बनाउने भन्नेमा अझै समझदारी नवनेपछि पुर्नगठनमा ढिलाई भएको हो ।

प्रधानमन्त्री ओलीले अन्तिम पर्दा अर्थमन्त्रालयमा रक्षामन्त्री ईश्वर पोखरेललाई लिने सम्भावना बढेको छ । पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालय बनाइए आफुलाई महासचिव दिनुपर्ने अडान पोखरेलले राखेको बताइएको छ । उनले प्रधानमन्त्री ओलीलाई पछिल्लो समय निरन्तर साथ दिदैं आएका छन् ।