काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य मनु सिग्देललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष सिग्देलले सोमबार स्वाव परीक्षण गर्न दिएकी थिइन् । सिग्देल प्रतिनिधिसभा सदस्य विरोध खतिवडाकी श्रीमती हुन् ।
उनी अहिले काठमाण्डस्थित होम आइसोलेसनमा बसिरहेकी छन् । उनको अवस्था सामान्य रहेको बताइएको छ ।




प्रतिक्रिया