काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल गर्न दुवै अध्यक्षबीच बिहीबारबाट निरन्तर भेटवार्ता जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्डका विषयमा दुवै अध्यक्ष निरन्तर छलफलमा केन्द्रीत छन् । स्थायी कमिटी बैठक र सचिवालय बैठकले दिएका सुझावसहित दुवै अध्यक्षले केही मापदण्डसहित मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल थालेका छन् ।
तर, दुवै अध्यक्षबीच भागबन्डामा कुरो मिल्न सकेको छैन् । अध्यक्ष प्रचण्डले मन्त्रालय फुटाउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जानकारी दियो ।
सरकारका कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको पुर्नगठन गर्ने तयारी गरेका हुन् ।




प्रतिक्रिया