देउवालाई आरजुको प्रश्नः ३३ प्रतिशत महिला भोटर मात्रै हुन् ?

देउवालाई आरजुको प्रश्नः ३३ प्रतिशत महिला भोटर मात्रै हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले सभापति शेरबहादुर देउवालाई महिलालाई नेतृत्वमा ल्याउन गरेकी छन् ।

नेपाल महिला संघ, केन्द्रिय समितीले गरेको भर्चुअल बैठकमा नेतृ देउवाले महिलाहरु देशको नेतृत्व गर्ने तहमा आउनुपर्ने बताएकी हुन् । उनले सभापति देउवालाई महिलाहरु भोटर मात्रै हुने ? भन्दै प्रश्न गरेकी छन् ।

‘३३ प्रतिशत महिला जहिल्यै पनि भोटर मात्रै हुन् ? पार्टीको भोटर लिष्टमा चाँही हामी मात्रै हुने । ३३ प्रतिशत मत हाल्नुपर्ने’, उनले भनिन्, ‘हाम्रो महिला त सहमहामन्त्रीमा मात्रै सिमित भयो । यो त अन्यायपूर्ण भएजस्तो लाग्यो । सिटौला जी शेरबहादुरजीसँग कम्पिटिसन गर्ने हैसियत हामी महिलाहरुको बनेकै छैन् ।’

त्यस्तै उनले ७७ वटै जिल्लाका पार्टी सभापति  र वडा सभापतिहरुलाई ३३ प्रतिशत महिलालाई ३० देखि ४० प्रतिशत क्रियाशील सदस्यता दिन माग गरेकी छन् ।

‘म पार्टी सभापतिज्यूलाई अनुरोध गर्न चाहान्छु । हरेक जिल्लाका पार्टी सभापति र वडा सभापतिहरुले ३३ प्रतिशत महिलाका लागि धेरै बखेडा नगरी आफैं विवेक प्रयोग गरेर ३० देखि ४० प्रतिशत क्रियाशील सदस्यता दिलाउनुहुनु अनुरोध गर्दछु’, उनले भनिन् ।

सभापति देउवाले ३३ प्रतिशत महिलाले भोटर ल्याउन आग्रह गरेका थिए । उनले आम चुनावमा महिलाले चुनाव लडेर आउन आग्रह गरेका थिए ।

‘जहाँ पनि हामी हार्दै आइरहेका छौं । महिलालाई राष्ट्रपतिमा उठाएका हौं नि के गर्नु जित्ने होइन । भोली जनताबाट चुनाव जित्ने तयारी गर्नुपर्यो’, उनले भने ।