प्रधानमन्त्रीज्यू ! कोभिडविरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौंः गगन थापा

प्रधानमन्त्रीज्यू ! कोभिडविरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौंः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई मिलेर काम गर्न प्रस्ताव राखेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत नेता थापाले देशव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला कोरोनाविरुद्धको लडाईमा कांग्रेसले साथ दिने बताए ।

‘यो बेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस् । बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस । कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू,’, उनले भनेका छन् ।

सांसद थापाले भेन्टिलेटर र आईसियू बेडको संख्या थप गर्न प्रधानमन्त्रीलाई पटकपटक सचेत गराए पनि सुनुवाई नभएको बताए ।

‘यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन । समय,स्रोत,सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ । टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ’, उनले भने ।

सांसद थापाले काठमाण्डु उपत्यकामा परीक्षणको दायर घटिरहेको भन्दै चाडबाडको मुघमा थप संक्रमण बढ्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘काठमाण्डुमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ । केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ,’ उनले भने ।