काठमाण्डु– परराष्ट्रमन्त्रालयको सचिवमा भरतराज पौड्यालको बढुवा भएको छ । वरियतामा एक नम्बरमा रहेका सहसचिव पौड्यालको विहिवार बसेको मन्त्रिपरिषदको वैठकले सचिवमा बढुवा गरेको हो । उनि परराष्ट्रमन्त्रालयका प्रवक्ता समेत थिए । पौड्याल यसअघि पाकिस्तानको राजदूत समेत वनेका थिए ।
परराष्ट्रमन्त्रालयका सचिव शंकरदास वैरागीको मुख्यसचिवमा नियुक्त भएसंगै सचिवको पद रिक्त थियो । वैरागीको नियुक्ती भएसंगै मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौड्याललाई दिइएको थियो । पौड्यालले आजै मन्त्रालयमा पदको बहाली गर्ने कार्यक्रम छ ।
पौड्यालसंगै सचिवको दौडमा सहसचिव सेवा लम्साल र अमृत राई थिए । लम्साललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । सहसचिव लम्साल हालै पाकिस्तानमा राजदूतको कार्यकाल सकेर स्वदेश फर्केकी हुन् भने राई न्युयोर्कमा राष्ट्रसंघका लागि नेपाली राजदूतका रुपमा कार्यरत छन् ।




प्रतिक्रिया