काठमाण्डु उपत्यकामा थपिए १४ सय ९ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए १४ सय ९ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १११६ , ललितपुरमा १६३ र भक्तपुरमा १३० जना रहेका छन् ।

बिहीबार काठमाण्डु उपत्यकामा २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा २०८५ , ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना रहेका थिए ।

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ३७ हजार ९ सय ९७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

र यो पनि

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो