लोकसेवाले सहसचिव र उपसचिवको विज्ञापन खुलायो (सूचनासहित)

लोकसेवाले सहसचिव र उपसचिवको विज्ञापन खुलायो (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकसेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन खुलाएको छ । आयोगले राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक/अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो ।

विज्ञापनअनुसार परीक्षाका लागि कात्तिक १८ गतेसम्म फारम भरिसक्नु पर्नेछ । आयोगको वेवसाइट http://psconline.psc.gov.np/  मा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ ।

आयोगले २०७७ कात्तिक १८ गतेसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले फारम भर्न सक्ने बताएको छ । तर स्थायी निजामति कर्मचारीका हकमा भने उमेरहद लागू छैन ।