नवनियुक्त मन्त्रीको सपथग्रहण बिहीबार

नवनियुक्त मन्त्रीको सपथग्रहण बिहीबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तीन जना नवनियुक्त मन्त्रीको सपथ बिहीबार बिहान हुने भएको छ ।

बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना मन्त्रीलाई नियुक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बिहीबार बिहान साढे ११ बजे शीतलनिवासमा सपथग्रहण कार्यक्रम रहेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुर्नगठन गरेका थिए । प्रधानमन्त्रीले अर्थमा नेकपा महासचिव बिष्णु पौडेल, सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालय र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।