चिनियां अधिकारीले भने-नेपालको सीमा मिचेका छैनौ,भवन आफ्नै भुभागमा निर्माण गरेका छौं

चिनियां अधिकारीले भने-नेपालको सीमा मिचेका छैनौ,भवन आफ्नै भुभागमा निर्माण गरेका छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  चीनले नेपालको सीमा नमिचेको स्पष्ट पारेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले चीनले सीमा मिचेको भन्दै सरकारको विरोध गरिरहेका बेला चीलने भने हुम्लानजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटर वरै आफ्नै भूमिमा पर्ने स्पष्ट पारेको हो ।

चिनियां सरकारको मुखपत्र ग्लोबल टाइम्ससंग बुराङका विदेशी मामिला निर्देशक बकीले चीनले नेपालको सीमाभन्दा एक किलोमिटर टाढा भवन निर्माण गरेको दावी गरेका छन् । उनले भवन निर्माण पुर्व मे महिनामा विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।

चिनले बुरङ काउन्टीअन्तर्गत नयां गांउ निर्माण गरिरहेको छ । ग्लोबल टाइम्सले भवन निर्माण थाल्नुअघि नै सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्भे र नक्सांकन गरेको समेत दावी गरेका छन् ।

नेपालमा चीनले सीमा मिचेको चर्चा भएसंगै पुनः फिल्ड सर्भे गरिएको थियो । त्यसमा पनि चीनले भवन आफ्नै भुभागमा निर्माण गरेको पाइएको चिनियां अधिकारीले बताए ।

परराष्ट्रमन्त्रालयले समेत चीनले सीमा नमिचेको र भवन चीनतर्फ निर्माण भएको प्रष्ट पारिसकेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा अध्ययन गर्न प्राविधिक टोली पठाउन सरकारसंग माग गरिरहेको छ। पुर्वमन्त्री समेत रहेका कांग्रेस नेता जिवनबहादुर शाहीको टोलीले स्थलगत अध्ययनपछि चीनले नेपाली भुमिमा भवन निर्माण गरेको दावी गरेको थियो ।

तर, चिनियां पक्षले भने  पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुने जवाफ दिएको छ ।

ग्लोबल टाइम्सले चीनसंग सीमा विवाद भएको भनेर दावी गरिरहेको दल नेपाली कांग्रेसलाई प्रो इण्डियन दल भएको दावी समेत गरेको छ । उसले भारतीय मिडियाले चीनसंगको सीमा विवादलाई उचालेको आरोप समेत लगाएको छ ।