काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १५३५जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १२२५ ललितपुरमा १४७ र भक्तपुरमा १६३ जना रहेका छन् । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ । शनिबार काठमाण्डु उपत्यकामा १११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे । जसअनुसार काठमाण्डुमा ८३२ , ललितपुरमा १७६ र भक्तपुरमा १०२ जना रहेका थिए ।




प्रतिक्रिया