प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना दिँदै सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।

‘इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी, प्रदेशवासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्रीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।