काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना रहेको जनाएको छ ।
बुधबार काठमाण्डु उपत्यकामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना रहेका थिए ।




प्रतिक्रिया