थप २३६४ कोरोना संक्रमित थपिए, ३०३८ जना डिस्चार्ज

थप २३६४ कोरोना संक्रमित थपिए, ३०३८ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख २४ हजार ८ सय ६२ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । भएको छ यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख १९ हजार ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ सय ४ पुगेको छ ।