काठमाण्डु – चर्चित र्याप गायक भिटेन अर्थात समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको छ । युट्युबमा सार्वजनिक भएको ‘पारा’ शीर्षकको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको हो ।
भिटेनले २० दिनअघि आफ्नै युट्युब च्यानलमा सो भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको र प्रहरीलाई समेत दुर्वचन बोलेकाले कारबाही गर्न निर्देशन दिईएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।
हेडक्वाटरको निर्देशन लगतै कारबाही प्रक्रिया सुरु गरिएको साइबर ब्यूरोले जनाएको छ ।




प्रतिक्रिया