काठमाण्डु – श्रीकृष्ण मन्दिर आधारभुत प्रा विद्यालयको प्रधानाध्यापक एंव काभ्रे पोष्टका प्रधान सम्पादक विष्णु चौलागाईको निधन भएको छ ।
कोरोना संक्रमणबाट मुक्त भए पनि चौलागाईको उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसिरहेका उनलाई फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
काठमाण्डुस्थित ओम अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । १५ दिन होम आइसोलेसनमा बसेका चौलागाईको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।




प्रतिक्रिया