सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुको बैठक बोलाएका हुन् ।

पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै ज्ञापनपत्र बुझाएका थिए । सोही विषयमा छलफल गर्न देउवाले कात्तिक १७ गते बैठक बोलाएका हुन् । काँग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २१ गते बस्दैछ ।

१४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरण निष्पक्ष गर्नुपर्ने माग राख्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत गत असोज १२ गते पौडेल पक्षका नेताहरुले ज्ञापनपत्र बुझाएका थिए ।