काठमाण्डु उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना रहेको जनाएको छ ।

बिहीबार काठमाण्डु उपत्यकामा १६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना रहेका थिए ।