काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर भेटवार्ता भएको हो । भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् ।
भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण,कर्णाली प्रदेशको विवाद,पर्सा घटना कोभिड-१९ बारे लगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रस्ताव गरेका हुन् । यसअघि दुई अध्यक्षबीच कात्तिक ४ गते छलफल भएको थियो । त्यसपछि पार्टीभित्र विवाद बढ्दै गएपछि भेटघाट नै बन्द भएको थियो ।




प्रतिक्रिया