अमेरिकी राष्ट्रपति निर्वाचनः चम्किए ट्रम्प, यस्तो छ मतपरिणाम

अमेरिकी राष्ट्रपति निर्वाचनः चम्किए ट्रम्प, यस्तो छ मतपरिणाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्प र जो वाइडेनबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।

वाइडेनसँग ठूलो मतान्तरले पछाडि रहेका ट्रम्प पछिल्लो समय उनको पक्षमा मत आएको छ । वाइडेनले २२४ इलेक्ट्रोरल भोट ल्याउँदा ट्रम्प २१३ मतसहित पछ्याइरहेका छन् ।

हालसम्मको मतपरिणाम हेर्दा वाइडेन २२४ भोटका साथ अग्र स्थानमा छन् भने ट्रम्प ११ भोटले मात्रै पछाडि रहेका छन् । अमेरिकामा राष्ट्रपतिमा हुनका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रपति निर्वाचनका लागि भएको उक्त प्रतिष्पर्धामा कसले बाजी मार्ने भन्ने विषयमा पूर्वअनुमान लगाउन कठिन रहेको विश्लेषकहरुले बताएका छन् ।

बाइडेनले निर्वाचनमा विजयी हुने दाबी गरेका छन् । डेलवेरबाट सम्बोधन गर्दै बाइडेनले भने, ‘हामी जहाँ छौँ हामी खुसी छौँ । हामीलाई विश्वास छ हामी यो निर्वाचन जित्ने दिशामा छौँ ।’