ट्रम्पलाई फ्लोरिडामा महत्वपूर्ण सफलता, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

ट्रम्पलाई फ्लोरिडामा महत्वपूर्ण सफलता, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ ।

तर राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गरेका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गरेका हुन् ।

करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गरेका छन् । उनले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताए ।

उनले भनेका छन्, ‘साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौं । चुनावमा धाँधली भएको पाइएको छ, र यो हाम्रो मुलुकका लागि निकै दुःखद पक्ष हो ।’

उनले आफूले चुनावी नतिजाको विषयलाई लिएर सर्वोच्च अदालतमा चुनौती दिने पनि बताए । उनले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद दिए ।

राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गर्नु भएको दाबीलाई रिपब्लीकन पार्टीकै कतिपय वरिष्ट सदस्यहरुले अपरिपक्व भनाई भन्दै ट्वीट गरेका छन् ।