अमेरिकी राष्ट्रपति निर्वाचनः वाइडेन जीत नजिक, अदालत गए ट्रम्प

अमेरिकी राष्ट्रपति निर्वाचनः वाइडेन जीत नजिक, अदालत गए ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति निर्वाचनमा जो वाइडेन जित नजिक पुगेका छन् । राष्ट्रपति ट्रम्पलाई पछि पार्दै वाइडेन जित नजिक पुगेका हुन् ।

वाइडेनले २६४ इलेक्ट्रोलर मत पाएका छन् भने ट्रम्प २१४ इलेक्ट्रोलर  मतका साथ दोस्रो स्थानमा छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्ट्रोलर मतको अवाश्यकता पर्दछ ।

५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम सार्वजनिक भइसकेको छ । वाइडेनलाई अब एक राज्यमा चुनाव जिते पुग्छ । किनकी उनलाई चुनाव जित्नका लागि ६ इलेक्ट्रोलर मतको आवश्यकता पर्दछ ।

चुनाव हार्ने पक्का भएपछि ट्रम्पले धाँधली भएको आरोप लगाएका छन् । उनले पुनः मतगणना हुनुपर्ने बताउँदै अदालत जाने धम्की दिएका थिए ।

ट्रम्पका चुनावी अभियानले तीन राज्यमा मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ । मिशिगन, पेन्सल्भेनिया र जर्जियाको मतगणना रोक्नुपर्ने उनीहरुको माग छ ।