एजेन्सी – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले देशलाई विभाजित नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार राष्ट्रपतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै बाइडेनले देशलाई एकजुट बनाउन लागिपर्ने बताएका हुन् ।
‘हामी एक अर्कालाई मौका दिन चाहन्छौं, बिडेनले डेलावेयरमा आयोजित एउटा कार्यक्रममा उनको विपक्षमा मतदान गर्नेहरूलाई सम्बोधन गर्दै भने, ‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छुु । जसले राता राज्य र नीला राज्य होइन, केवल संयुक्त राज्य अमेरिकालाई देख्छ ।’
बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताए ।
‘म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,’ बिडेनले चुनावमा आफ्नो प्रतिद्वन्द्वीको उल्लेख नगरी भने, ‘कठोर वक्तव्यलाई हटाउने, तापक्रमलाई कम गर्ने, एक अर्कालाई फेरि हेर्ने, एक अर्काको कुरा सुन्ने समय भएको छ । र प्रगति गर्न हामीले हाम्रा विरोधीहरूलाई शत्रु जस्तो व्यवहार गर्न रोक्नु पर्छ ।’
अमेरिकामा डेमोक्र्याट पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन् । उनीसँगै निर्वाचनमा सहभागी भएकी कमला ह्यारिस अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति बन्नेछिन् ।
कडा प्रतिस्पर्धा भएको पेन्सिल्भेनिया राज्यमा ट्रम्पलाई उछिनेपछि बाइडने निर्वाचन जितेको घोषणा गरिएको हो । अमेरिकामा विभिन्न राज्यलाई छुट्याइएको निश्चित इलेक्टरल भोटको आधारमा राष्ट्रपति निर्वाचित हुन् । सबै ५० राज्यमा निहित कुल ५३८ इलेक्टरल मतमध्ये राष्ट्रपति निर्वाचित हुन २७० मत आवश्यक पर्छ ।




प्रतिक्रिया