काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली चीनसँग सीमा जोडिएको किमाथांका पुगेका छन् ।
बोर्डर पोष्ट र कोशी करिडोर आयोजनाहरुको निरीक्षणका लागि उनी बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत किमाथांका गएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न विकास निर्माणका आयोजनाहरू र बोर्डर पोस्ट निरीक्षणका लागि प्रधानमन्त्री किमाथांका पुगेको जानकारी दिए ।
प्रधामन्त्री ओलीसँगै भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका सांसदहरु राजेन्द्र गौतम र परशुराम मेघी गुरुङलगायत रहेका छन् ।




प्रतिक्रिया