काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापतिमा उपसभापति विमलेन्द्र निधि उम्मेदवारीमा समर्थन जनाएका छन् ।
बुधबार ट्वीट गर्दै नेता रिजालले उपसभापति निधि अब सभापति उम्मेद्वार हुँदा पार्टीभित्र गुटको चर्को विभाजन नरहने बताएका छन् ।
‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन् र पार्टी अहिले झैं दुईटा ध्रुवमा चर्को गरी विभाजित रहँदैन,’ उनले भने, ‘त्यो सकारात्मक हो ।’
उनले उपसभापति निधि सफल हुने वा नहुने भन्ने कुरा अहिले नै परीक्षण र पर्खको गर्भमा रहेको बताएका छन् ।
‘उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए विना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ,’ उनले भनेका छन् ।
उपसभापति निधि १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने तयारीमा छन् । उनले सभापति शेरबहादुर देउवाललाई आफू सभापतिमा उठ्ने र सहयोग गर्न आग्रह गर्दै आएका छन् ।




प्रतिक्रिया