बहराइनका प्रधानमन्त्रीको ८४ वर्षको उमेरमा निधन

बहराइनका प्रधानमन्त्रीको ८४ वर्षको उमेरमा निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ । ८४ वर्षीय प्रधानमन्त्रीको बुधबार उपचारका क्रममा निधन भएको हो ।

उनी स्वास्थ्यमा समस्या देखिएपछि अमेरिकाको मायो क्लिनिक हस्पिटलमा उपचाररत थिए । उनको पार्थिव शरीरलाई अमेरिकाबाट ल्याएपछि अन्त्येष्टि गरिने बताइएको छ ।

उनको निधनमा सात दिन शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउने र बिहीबारदेखि सम्पूर्ण सरकारी कार्यालयहरु तीन दिनसम्म बन्द गरिनेछ । उनी सन् १९६९ मा बहराइनको प्रधानमन्त्री भएका थिए । उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति हुन् ।